logo

दोस्रो बजारमा सेयर कारोबार निराशाजनक

    1494   पटक पढिएको

१२ असार / अर्थ र व्यापार - प्राथमिक शेयरमा सर्बसाधारणको उत्साह देखिएपनि दोस्रो बजारमा सहभागिता अनुपातमा न्यून देखिएको छ । बजारमा भएका एक सय सेयरमा करिब नौ वटा शेयर मात्र दोस्रो बजारमा कारोबार हुने गरेको छ । पछिल्ला पाँच बर्षको तथ्यांक अनुसार दोस्रो बजारमा कारोबार हुने सेयरको अनुपात निक्कै कम छ । 
आर्थिक वर्ष २०६९र७० मा एक अर्ब ३० करोड २० लाख ९० हजार कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत थिए सुचिकृत भएकामध्ये आठ करोड १५ लाख ७१ हजार कित्ता शेयर मात्र दोस्रो बजारमा कारोबार भयो । यो भनेको सुचिकृत शेयरको ६.२ प्रतिशत मात्र हो । २०६९र७० मा एक सय शेयरमध्ये करिब सात कित्ता शेयर मात्र दोस्रो बजारमा कारोबार भएका छन् ।
 आर्थिक वर्ष २०७०र७१ मा १ अर्ब ८५ करोड ३४ लाख ७१ हजार कित्ता शेयर नेप्सेमा सुचिकृत भए, जसमा २१ करोड ४१ लाख ४४ हाजार कित्ता शेयर नेप्सेको दोस्रो बजारमा कारोबार भएको छ । त्यो वर्ष एक सय शेयरमा १२ वटा शेयर दोस्रो बजारमा कारोबार भएको देखिन्छ । नेप्सेको कारोबार इतिहासमै पहिलो पल्ट कारोबार अनुपात दोहोरो अंकमा उक्लिएको थियो । २०७०र७१  मा दोहोरो अंकको अनुपातमा बढेको कारोबारले आफ्नो वृद्धि कायम राख्न सकेन । २०७१र७२ मा कारोबार अनुपात खुम्चिएर ६.२५ मा झर्यो। २०७२र७३ मा अनुपात ८.२९ प्रतिशतमा पुग्यो । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।