१२ भदौ/अर्थ र व्यापार– लगातार ओरालो लाग्ने क्रम रहेको शेयर बजार मंगलबार झिनो अंकले सुधार देखिएको छ । मंगलबार शेयर बजार १.३७ अंकले बढेको छ ।
शेयर बजार झिनो अंकले बढेपनि कारोबार घटेको छ । मंगलबार १९ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार कारोबार सुरु भए देखिनै सामान्य उतारचढावसँगै बजार जलविद्युत, अन्य र जीवन बीमा कम्पनीको उपसूचक घटे पनि बाँकी सूचक तथा उपसूचक भने हरियो देखिएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै एक करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । ग्लोबल आइएमई लघुवित्तका शेयर धनीले सबै भन्दा धेरै ३.९४ प्रतिशतले कमाएका छन् भने समिट माइक्रोफाइनान्सका शेयरधनीले ३.४० प्रतिशतले गुमाएका छन् ।
कारोबार रकम नबढेपनि लगातार बजार ओरालो लाग्ने क्रमबाट मंगलबार थोरै सुध्रेको देखिएको छ ।
तपाईको प्रतिक्रिया