logo

सेयर बजार ९ अंकले उकालो

    1045   पटक पढिएको


११ माघ / अर्थ र व्यापार -  काठमाडौं । बिहीबारको सेयर बजार ९.८० अंकले उकालो लागेर १४०४.५३ अंकमा पुगेको छ । झण्डै दोहोरो अंकले बढेको बजारमा २८ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा कुल २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । कुल १५९ कम्पनीको कारोबार भएको बिहीबारको बजारमा ६ लाख ६२ हजार कित्ता सेयर किनबेच भएका छन् । सबैभन्दा बढी सानिमामाई हाइड्रोपावरको ४२ हजार ७५३ कित्ता सेयर किनबेच भएका छन् । त्यस्तै, कारोबार रकमका आधारमा पनि सानिमामाई हाइड्रो नै अग्रस्थानमा रहेको छ । बिहीबार यस हाइड्रो एक करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बजारमा १० वटा समूहको कारोबार भएको छ । सो मध्ये विकास बैंक र अन्य समूहको सूचक सामान्य अंकले राताम्मे भएका छन् भने बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८९ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक ३०, होटल २७ र माइक्रोफाइनान्स समूह २२ अंकले उकालो लागेका छन् । त्यसैगरी, सबैभन्दा बढी विशाल बजार कम्पनीको सेयर मूल्य ५.१९ प्रतिशतले बढेको छ भने गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ३.२० प्रतिशतले सेयर मूल्य घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।