logo

बुधबार नेप्से १८ अंकले उकालो

    1146   पटक पढिएको


२३ फागुन / अर्थ र व्यापार -  काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सो दिन कारोबार खुलेदेखि नै उकालो लागेको बजार अन्तिममा १८ अंकले बढेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक १८.६९ अंकले उकालो लागेर १३१५ दशलमब १३ अंकमा पुगेको छ ।

बजारमा कुल १५८ कम्पनीको ४२ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख १५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंकको २ करोड २२ लाख, सानिमा बैंकको १ करोड ८६ र स्ट्याण्डार्ड चार्टर्ड बैंकको १ करोड २१ लख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । सो मध्ये सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, हिमालयन डिष्टीलरी र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले क्रमशः ९.९४ र ९.७४ प्रतिशत कमाएका छन् । त्यसैगरी राधी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पनि अघिल्लो दिनको तुलनामा ८.६६ प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ ।

त्यस्तै, उत्पादनमूलक बाहेक कारोबारमा आएका सबै समूह उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १६१ अंकले बढेको छ । उत्पादनमूलक समूह सामान्य २.३९ अंकले ओरालो लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।