६ साउन/अर्थ र व्यापार– गत आर्थिक बर्षमा शेयर बजारका लगानीकर्ताले तीन खर्ब ४४ अर्ब रुपैयाँले गुमाएका छन् ।
अघिल्लो असारभन्दा गत वर्षको असारसम्ममा बजार पूँजीकरण २१.७१ प्रतिशतले घटेको छ । त्यस्तै सूचक पनि २१.५३ प्रतिशतले घटेको छ । साथै गत असारमामात्रै लगानीकर्ताले १९ अर्ब रुपैंया गुमाएको छ ।
बजारमा गत असारमा अघिल्लो असारको भन्दा ५०.२६ प्रतिशतले कारोबार रकम घटेको छ । त्यस्तै जेठको तुलनामा भने २४.०२ प्रतिशतले घटेको छ ।
असार महिनामा अन्तिम त्रैमासको ब्याज तिर्नुपर्ने कारणले कारोबार रकम तथा सूचक पनि घटेको छ । मौद्रिक नीतिले शेयरवजारलाई सम्बोन गर्ने भन्ने समाचार बाहिरिएसंगै आशातित बजार मौद्रिक नीतिले उचित सम्बोधन नगरेपछि झनै ओरालो लागेको हो ।
बैंकको ब्याजदर तथा सरकारले बजेट मार्फत करको दायर बढाउँदा लगानीकर्तामा निराश छन् ।
तपाईको प्रतिक्रिया