६ भदौ/अर्थ र व्यापार– साताको सुरुदेखीनै निरन्तर ओरालो लागेको शेयर वजारले बुधवार पनि निरन्तरता पाएको छ ।
आज बुधबार पनि १.४७ अंकको गिरावटसँगै ११८२.४२ अंकमा रोकिएको छ । बुधबार कारोबार सुरु भएको १५ मिनेटसम्म हरियो रहेको शेयर बजार त्यसपछि घट्ने क्रममै बन्द भएको हो ।
सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधवार १५३ वटा कम्पनीहरुको १६ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा केही दिन बजार हरियो देखिएको भए पनि लाभांस घोषणा गर्ने समय आउदै गर्दा शेयर बजार भने निरन्तर घटिरहेको छ ।
तपाईको प्रतिक्रिया