२६ आषाढ/अर्थ र व्यापार– मंगलबार कारोबार सूरु भएदेखिनै घट्न थालेको बजार अन्तिममा ०.५० अंकले घटेर बन्द भएको छ । खुलेदेखि नै घटेको वजारमा एक समय ७ अंकको बृद्धि भएको थियो।
तर साढे एक बजेपछि बजार पुनः घट्न थालेको बजार अन्तिमसम्मा ०.५० अंकले घटेको छ ।
सुस्त देखिएको बजारमा १६० वटा कम्पनीको २८ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ। नेप्से सूचक थोरैले घटेपनि सेन्सेटिभतर्फ भने ०.१३ अंकले मात्रै बढेको छ।
मिश्रित देखिएको बजारमा बाणिज्य, बैंक, फाइनान्स र बीमाको उपसूचक बढेको भए पनि अन्य उपसूचकहरु घटेका छन्।
सबैभन्दा धेरै वेष्ट्रन डेभलपमेन्ट बैंकका शेयरधनीले गुमाउँदा सर्किट नै लागेको छ ।
सबैभन्दा धेरै कृषि विकास बैंकको एक करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । बरुण हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै ७.४३ प्रतिशत कमाएका छन् ।
तपाईको प्रतिक्रिया