१२ असार / अर्थ र व्यापार - आज शेयर बजारमा नेप्से परिसूचक १.१४ अंकले घटेर १२५७.१५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ३५ अंकले बढेर २ सय ७१ दशलमव १६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन १ सय ७२ कम्पनीको १८ लाख ५४ हजार ६७६ कित्ता शेयर खरिदबिक्री भई ६२ करोड ७९ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । यस दिन सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । जसको कारोबार आज १४ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको भएको छ ।
यस दिन सर्वाधिक कमाउनेमा मल्टि प्रपोज फाइनान्स कम्पनी लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव १५ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ७५६ प्रतिशतले घटेको छ । दिन ११ वटा उपपरिसुचकहरुमा ४ वटा समूह बढेको छ भने ७ वटा समूह घटेका छन् ।
तपाईको प्रतिक्रिया