२५ असार / अर्थ र व्यापार - बुधबार शेयर बजारमा नेप्से परिसूचक शुन्य दशमलव ४१ अंकले बढेर १ हजार २ सय ५० दशमलव ६८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव १० अंकले बढेर २ सय ६९ दशलमव १६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन १ सय ६७ कम्पनीको २७ लाख ७७ हजार ३३३ कित्ता शेयर खरिदबिक्री भई ५१ करोड ८ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार सिभिल बैंकको प्रमोटर शेयरको भएको छ । जसको कारोबार आज १७ करोड ५३ लाख ५९ हजार रुपैयाँ बराबरको भएको छ ।
यस दिन सर्वाधिक कमाउनेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ८१ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ८ दशमलव ९४ प्रतिशतले घटेको छ । यस दिन ११ वटै उपपरिसुचकहरुमा ३ वटा समूह बढेको छ भने ८ वटा समूह घटेका छन् ।
तपाईको प्रतिक्रिया