१६ मंसिर / अर्थ र व्यापार- सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको यसै अवधिको तुलनामा करिब ४२ लाख रुपैयाँले बढी हो ।
गत आवको असोजसम्म कम्पनीले ३ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले यस अवधिमा ३१ करोड १३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष २२ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ८ करोडले बढेको हो । यस अवधिमा कम्पनीले पुर्नबीमा कमिशनबाट ८ करोड ४६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट एक करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीलले ३१ हजार ८७४ बीमालेख जारी गरी हाल सम्म ६० करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । १२ सय ९९ कुल दाबी वापत २६ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने २ हजार २४४ दाबीवापत ४८ करोड ४३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख रहेको छ ।
तपाईको प्रतिक्रिया