१२ चैत /अर्थ र व्यापार- काठमाडौं । तीन दिनपछि खुलेको सोमबारको बजार शुरुवात देखि नै निरन्तर ओरालो लागेको छ । एक पटक सर्किट ब्रेक लागेर खुलेको बजारले पनि राम्रो गति लिन सकेको छैन ।
सो दिन बजार खुलेको एक घण्टामै ३ प्रतिशतले घटेर सकिर्ट ब्रेक लागेको थियो । त्यसपछिको बजार पुन दोहोरो अंक अर्थात ३.६४ प्रतिशत ओरालो लागिसकेको छ । त्यस्तै, २ बजे नेप्से परिसूचक ४४.४० अंकले घटेर ११७६ अंकमा झरेको छ ।
सो अवधिसम्म सबैभन्दा बढी बीमा समूह तेहेरो अंक अर्थात ३०० अंक तल झरिसकेको छ । फाइनान्स समूह सामान्य अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेर राताम्मे भएका छन् ।
तपाईको प्रतिक्रिया