logo

नेप्सेमा नेतृत्वको तनाव, कारोबार प्रभावित, वजार ५.६३ अंकले घट्यो

    1126   पटक पढिएको


२ साउन/अर्थ र व्यापार– नेप्सेमा नेतृत्वको तनाव र प्रविधिक गडबडी एकैसाथ हु‘दा बुधबार कारोबार प्रभावित भएको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेश मार्फत मंगलबार हाजिर गरेर फर्किएका साउदलाई नेप्सेमा हाजिर गर्नबाट रोकिनु र नेप्सेमा प्रविधिक गडबडी एकैसाथ हुदा लगानीकर्ताले खुलेर कारोबार गर्न नसक्दा कारोबार रकममा समेत त्यसको प्रभाव देखिएको हो । 

बुधवार शेयर कारोबार मापक सूचक ५.६३ अंकले घटेर ११९८.६८ अंकमा ओर्लिएको छ भने क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा समेत १.२२ अंकको गिरावट आउँदा सूचक २५२.४० अंकमा झरेको छ ।

बुधबार १३९ कम्पनीका चार लाख ७७ हजार कित्ता शेयर १७ करोड रुपैयाको मात्रै कारोबार भयो ।

मंगलबार २० करोड रुपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनभन्दा तीन करोड रुपैयाँ कारोबार रकम कम हो। बुधबार सबैभन्दा बढी नबिल बैंकको दुई करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ११ समूहमा नौ समूहको उपसूचक घटेका छन् । फाइनान्स ०.७६ अंकले बढेको छ भने होटल समूहमा कुनै हेरफेर भएन ।

बुधबार सबैभन्दा बढी नेशनल हाइड्रोपावरका शेयरधनीले करिब पाँच प्रतिशत कमाए भने नयाँ नेपाल लघुवित्तका शेयरधनीले करिब सात प्रतिशत गुमाए ।    

सुरुवाती कारोवारमा प्राविधिक गडबडी आउँदा समस्या देखिएको नेप्सेले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।