logo

राष्ट्र बैकद्धारा नेप्सेलाई मार्जिन कारोबार गर्नका लागि स्वीकृति

    2321   पटक पढिएको


१३ साउन/अर्थ र व्यापार– नेपाल राष्ट्र बैकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई मार्जिन कारोबार गर्नका लागि बाटो खोलिदिएसँगै नेप्सेले मार्जिन कारोबारलाई कार्यान्वयनमा लैजाने भएको छ ।

नेप्सेले नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार मार्जिन कारोबार सुरु गर्न केन्द्रीय बैकसँग अनुमति मागेको थियो । 

नेप्सेको माग अनुरूप केन्द्रीय बैकले मार्जिन कारोबार गर्ने कम्पनीले आँफूसँग अनुमति लिनु पर्ने प्रावधान सहित नेप्सेलाई कारोबार सुरु गर्न बाटो खोलिदिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए।

साउदका अनुसार केन्द्रीय बैकले पठाएको पत्रलाई आगामी बस्ने नेप्सेको बोर्ड बैठकले दिएको निर्देशन र मार्जिन कारोबार सम्बन्धि कार्य्विधिले तोकेको मापदण्डभित्र रहेर मार्जिन कारोबार सुरु गर्ने योजना नेप्सेको छ । 

नेप्सेका अनुसार, सबैभन्दा पहिले मार्जिन कारोबार सुरु गर्न इच्छुक सदस्य दलाल व्यवसायीबाट आवेदन माग गरिने छ । प्राप्त आवेदनको आवश्यक अध्यन गरेर कारोबार सुरु गर्न अनुमति दिइने छ । 

मार्जिन कारोबार सम्बन्धि कार्य्विधि अनुसार, नेप्सेमा सूचिकृत २९ कम्पनीको धितोपत्रमा मात्रै लगानीकर्ताले मार्जिन ऋण पाउने सम्भावना देखिएको छ । समयमा साधारणसभा नगरेकै कारणले मार्जिन कारोवारका लागि २३ कम्पनीको धितोपत्र अयोग्य हुने देखिएको छ । 

कार्य्विधिको मापदण्ड अनुसार कम्तिमा १० हजार शेयरधनी भएको,  कम्पनीको खुद सम्पत्ति ऋणात्मक नरहेको, पछिल्लो दुई आर्थिक बर्षमा कम्तीमा १० प्रतिशत लाभांश दिएको, दोस्रो बजारमा अघिल्लो आर्थिक बर्षभर कम्तिमा ८० प्रतिशत कारोबार भएको र आर्थिक बर्षको प्रथम ६ महिनाभित्रै साधारणसभा सम्पन्न गरेको हुनुपर्ने प्रावधान छ । 

यस्तो प्रावधानका कारण सूचीकृत २९ कम्पनीबाहेक अन्य कम्पनी मार्जिन ऋणका लागि अयोग्य हुने देखिएको छ ।
   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।