logo

नेप्से लगभग स्थिर

    1514   पटक पढिएको

 

मंसिर २९ / अर्थ र व्यापार - २०७४ साप्ताहिक कारोबारको अन्तिम दिन (बिहीबार) सेयर परिसूचक मापक नेप्से ०.५९ अंकले घटयो । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से बिहीबार ०.०४ प्रतिशतले घटेपछि लगभग स्थिर रहेको विश्लेषण गरिएको हो । यो सँगै परिसूचक १ हजार ५ सय २०.१५ विन्दुमा बन्द भएको छ । कारोबारमा आएकामध्ये व्यापार, उत्पादन तथा प्रशोधन, वित्त कम्पनी, ‘अन्य’ र लघुवित्त समूहको परिसूचक बढे । बैंकिङ, विकास बैंक, होटल, जलविद्युत् र बिमा समूहका परिसूचक घटे । 

नेप्सेमा आगलागीका कारण विद्युत् आपूर्तिमा समस्या भएपछि बिहीबार निर्धा्रित समयभन्दा २ घण्टा ढिलो कारोबार सुरु भएको थियो । ढिलो कारोबार सुरु भएकै कारण उक्त दिन साँझ ५ बजेसम्म कारोबार सञ्चालन भयो । विद्युत् सर्ट भएपछि बुधबार राति नेप्सेको कार्यालयमा आगलागी भएको थियो । आगलागिबाट केही थान कम्प्युटर, फर्निचर नष्ट भए पनि कारोबार प्रणाली र महत्त्वपूर्ण कागजात सुरक्षित रहेको नेप्सेले जनाएको छ । 

बिहीबार करिब ४ हजार २ सय कारोबारबाट १४ लाख ८४ हजार ३ सय ६१ कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ४५ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । परिसूचक घटेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) १७ खर्ब ६७ अर्ब रुपैयाँ कायम भएको छ । उक्त दिन व्यापार समूहको परिसूचक १.५५, उत्पादन तथा प्रशोधनको ०.१६, वित्त कम्पनीको ०.५६, ‘अन्य’ को १.५३ र लघुवित्त समूहको परिसूचक ०.१४ प्रतिशतले बढे । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।