११ मंसिर / अर्थ र व्यापार - काठमाडौं । आइतबार दोहोरो अंकले उकालो लागेको सेयर बजार सोमबार भने सामान्य अंकले ओरालो लागेको छ । सोमबारको नेप्से परिसूचक ०.६० अंकले ओरालो लागेर १५१३.७४ अंकमा अडेको छ ।
सामान्य अंकले घटेको बजारमा कुल ६५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५९ कम्पनीको १२ लाख ६७ हजार कित्ता सेयर कारोबार भएको छ ।
सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको ६ करोड ४८ लाख रुपयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३९ रुपैयाँ रहेको छ । त्यस्तै, स्ट्यान्ड्ण चार्टर्ड बैंकको ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया