logo

मंगलबार नेप्सेमा ३.०८ अंकले बढ्यो

    1558   पटक पढिएको

 

६ मंसिर  / अर्थ र व्यापार - मंगलबार नेप्सेमा सामान्य सुधार देखिएको छ । गत साताको बुधबारदेखि ओरालो लागेको नेप्से यस दिन मंगलबार नेप्सेमा ३ दशमलव शून्य ८ अंक बढेको छ । कारोबारको एक घन्टा अवधिसम्म करिब स्थिर रहेको नेप्से त्यसपछिको समयमा बढ्न थालेको थियो । कारोबारमा आएका दश समूहमध्ये ६ समूहका परिसूचक बढेपछि नेप्से उकालो लाग्न पुगेको हो । नेप्से उकालो लागे पनि अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम घटेको छ । पछिल्ला चार कारोबार दिनमा नेप्से ४६ दशमलव ८६ अंक घटेपछि कम्पनीहरूको सेयरमूल्य सस्तो भएको छ । सोही मौकाको फाइदा उठाउँदै लगानीकर्ताहरू खरिद गर्न अग्रसर भएका कारण बजारमा केही सुधार देखिएको हो ।

यस दिन १ सय ५९ कम्पनीको ४ हजार २ सय ९० पटकको कारोबारमा रु. ३५ करोड ८ लाख १८ हजारबराबरको ८ लाख ४२ हजार ६ सय ८२ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा ११ दशमलव ७९ प्रतिशत अर्थात् रु. ४ करोड ६९ लाख कम हो । नेप्सेको १४ दिने आरएसआई यस दिन ३७ दशमलव ७४ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ९२ अंक बढेर ३ सय १० बिन्दुमा पुगेको छ ।

कारोबार रकमका आधारमा यस दिन नागबेली लघुवित्त विकास बैंकको संस्थापक सेयर अगाडि रहेको छ । यस दिन सो कम्पनीको रु. ४ करोड २६ लाखभन्दा बढीको संस्थापक सेयर खरिद–बिक्री भएको छ । ग्रिन डेभलपमेन्ट बैंक र विशाल बजार कम्पनीको सेयरमूल्य यस दिन क्रमशः ९ दशमलव ८४ प्रतिशत र ९ दशमलव ८१ प्रतिशत बढेको छ । प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्य भने यस दिन ६ दशमलव शून्य ३ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ५९ कम्पनीमध्ये ८२ कम्पनीको सेयरमूल्य बढेको छ भने ५६ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २१ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 
विशाल बजारको सेयरमूल्य बढेपछि ट्रेडिङ समूहको परिसूचक सर्वा्धिक ७ दशमलव ६८ प्रतिशत बढेर २ सय १९ बिन्दुमा पुगेको छ । होटेल र बैंकिङ समूहको परिसूचक शून्य दशमलव ४४ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ३६ प्रतिशत बढेको छ भने बिमा र माइक्रोफाइनान्स समूहको शून्य दशमलव १९ प्रतिशत बढेको छ । ‘अन्य’ समूहको परिसूचक यस दिन शून्य दशमलव ६६ प्रतिशत घटेको छ । त्यसैगरी, उत्पादनमूलक समूहको शून्य दशमलव ६ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३१ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव १९ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।