logo

बुधवार सेयर वजारमा उत्साहजनक बृद्धी, नेप्से सूचक १२०९.७१ अंकमा

    2085   पटक पढिएको

३० साउन/अर्थ र व्यापार- उत्साहजनक २८ अंकको फड्को मारेर शेयर बजार १२ सय अंकमाथि उक्लिएको छ ।  तीन दिनयता शेयर बजार निरन्तर बढिरहेको छ । बुधबार सुचकमा २८.७३ अंकले बृद्धी भएको हो ।

बुधवार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १२०९.७१ अंकमा उक्लिएको छ । 

इन्भेष्टर फोरमका पूर्व अध्यक्ष डा. आत्माराम घिमिरेले बैक वित्तीय संस्थाको चौमासिक वित्तीय विवरण सार्वजनिक भएको र त्यसले लगानीकर्तालाई सकारात्मक सन्देश दिएकोले बजार बढेको जानकारी दिए । 

बुधवार १६५ कम्पनीका १० लाख ६८ हजार कित्ता शेयर ३६ करोड रुपैयाँमा कारोबार भया े। सवैभन्दा धेरै नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको नबिल बैकको सबैभन्दा बढी कारोबार भयो । प्रति कित्ता २८ रुपैयाँ वृद्धि हुँदा बैंकको एक करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

कारोबारमा आएका सबै उपसूचक बढेका छन् । सबैभन्दा बढी निर्जीवन बिमा समूह ३.५६ प्रतिशत बढेको छ । 
कारोबारमा आएका १० वटै उपसूचक एक प्रतिशत भन्दा माथि बढेका छन् । स्वरोजगार लघुबित्त विकास बकैका शेयरधनीले करिब १० प्रतिशत कमाए । वोमि माइक्रो फाइनान्सका शेयरधनीले १० प्रतिशत गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।