logo

बुधवार सेयर वजारमा उत्साहजनक बृद्धी, नेप्से सूचक १२०९.७१ अंकमा

    1635   पटक पढिएको

३० साउन/अर्थ र व्यापार- उत्साहजनक २८ अंकको फड्को मारेर शेयर बजार १२ सय अंकमाथि उक्लिएको छ ।  तीन दिनयता शेयर बजार निरन्तर बढिरहेको छ । बुधबार सुचकमा २८.७३ अंकले बृद्धी भएको हो ।

बुधवार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १२०९.७१ अंकमा उक्लिएको छ । 

इन्भेष्टर फोरमका पूर्व अध्यक्ष डा. आत्माराम घिमिरेले बैक वित्तीय संस्थाको चौमासिक वित्तीय विवरण सार्वजनिक भएको र त्यसले लगानीकर्तालाई सकारात्मक सन्देश दिएकोले बजार बढेको जानकारी दिए । 

बुधवार १६५ कम्पनीका १० लाख ६८ हजार कित्ता शेयर ३६ करोड रुपैयाँमा कारोबार भया े। सवैभन्दा धेरै नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको नबिल बैकको सबैभन्दा बढी कारोबार भयो । प्रति कित्ता २८ रुपैयाँ वृद्धि हुँदा बैंकको एक करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

कारोबारमा आएका सबै उपसूचक बढेका छन् । सबैभन्दा बढी निर्जीवन बिमा समूह ३.५६ प्रतिशत बढेको छ । 
कारोबारमा आएका १० वटै उपसूचक एक प्रतिशत भन्दा माथि बढेका छन् । स्वरोजगार लघुबित्त विकास बकैका शेयरधनीले करिब १० प्रतिशत कमाए । वोमि माइक्रो फाइनान्सका शेयरधनीले १० प्रतिशत गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।