logo

मंगलबार १८ अंकको बृद्धि टिक्न नसक्दा नेप्सेमा ४.७७ अंकको मात्रै सुधार

    1561   पटक पढिएको


८ साउन/अर्थ र व्यापार–  सोमबार दोहोरो अंकले बृद्धि भएको शेयर बजार मंगलबार १८ अंकको बृद्धि टिक्न नसक्दा ४.७७ अंकको मात्रै सुधार देखिएको छ । 

कारोबार सुरु भएदेखिनै बढ्न थालेको शेयर बजार १ बजेर ३८ मिनेट सम्ममा १८ अंकको सुधार देखिएको भए पनि त्यसपछि विस्तारै करेक्सन हुँदै ०.४० प्रतिशतको बृद्धिमा खुम्चिएको हो । बजारमा केहि उतार चढावसँगै २९ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।

बैंकहरुले ब्याजदर घटाउन थालेको तथा तरलता पनि विस्तारै सहज हुँदै जाने अनुमानसँगै मंगलबार कारोबारको मध्यान्नसम्ममा बजारमा १८ अंकको सुधार देखिएको थियो ।

कानुन मन्त्री शेरवहादुर तामाङसँगै अर्थमन्त्री डा. युवराज खतिवडा र अन्य केही मन्त्रीले राजिनामा गर्ने बारे फिँजाइएको हल्लाले बृद्धि देखिएको शेयर वजार हल्ला मित्थ्या सावित भएपछि फेरि घटेको थियो  । 

उत्पादन तथा प्रसोधन र माइक्रोफाइनान्सको उपसूचक घटेपनि अन्य सम्पुर्ण सूचक तथा उपसूचक भने बढेका छन्। होटलको उपसूचक सबैभन्दा धेरै २.७९ प्रतिशतले बढेको छ । 

सबैभन्दा धेरै नविल बैंकको एक करोड ८८ लाख रुपैयाँको कारोबार भयो। यस्तै सबैभन्दा धेरै बढेका सिर्जना फाइनान्स र नयाँ नेपाल लघुवित्तको कारोबारमा सर्किट लागेको थियो भने सबैभन्दा धेरै घटेका वेष्ट फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको कारोबारमा पनि सर्किट लागेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।