logo

मंगलवार नेप्से १.६१ अंकले बढ्यो

    1422   पटक पढिएको

११ मंसिर / अर्थ र व्यापार- मंगलवार शेयर बजारमा सामान्य सुधार देखिएको छ । सोमबार लगानीकर्ताको आन्दोलनका बीच चलेको बजार घटे पनि मंगलबार भने १.६१ अंकले बढेर ११६१.४३ अंकमा बन्द भएको छ । मंगलबार १५४ कम्पनीका २३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम भने घटेको छ । 

मंगलबार बैंकिङ, होटल, विकास बैंक, जलविद्युत र अन्य समूहका सूचक बढेका छन् । त्यस्तै वित्त कम्पनी, निर्जीवन बीमा, उत्पादन, लघुवित्त र जीवन बीमा कम्पनीका सूचक घटेका छन् । सोमबार जस्तै मंगलबार पनि एनएमबी बैंकको शेयर धेरै कारोबार भएको छ । अन्तिम मूल्य प्रतिकित्ता ३५८ रुपैयाँ कायम भएको बैंकको १ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । यसैगरी नेपाल बैंकको १ करोड ६ लाख र नेपाल क्रेडिट एण्ड कमर्सिएल बैंकको १ करोड ४ लाखको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

मंगलबारको कारोबारमा सूर्योदय लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो संस्थाको ८.३७ प्रतिशतले शेयर मूल्य बढेको छ । नेपाल हाइड्रो डेभलपर्स र कालिका लघुवित्तका शेयरधनी पनि कमाउनेको सूचीमा अग्रस्थानमा रहे ।  कारोबार अवधिभरमा एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य ३.९ प्रतिशतले घटेको छ । स्वरोजगार लघुवित्त र तिनाउ विकास बैंकका लगानीकर्ताले पनि धेरै गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।