logo

एकै दिन ४५ अंकले नेप्से बढ्यो

    1786   पटक पढिएको

 

 

१७ पुस / अर्थ र व्यापार - काठमाडौं । लामो समयदेखि न्युन विन्दुमा पुगेको नेप्से परिसूचकले सोमवार एकै दिन ४४.५ अंकको वृद्धि हासिल गरेको छ । १४०० विन्दुमा टेवा परिक्षण गरिरहेको नेप्सेले टेवा पाएको देखिन्छ ।

निकै न्युन विन्दुमा पुगेको नेप्सेको आरएसआई सुचकले समेत बजारमा सुधारको सम्भावना देखिएको थियो । आरएसआई सुचक पनि एकै दिन ६ स्केलबाट बढेर २७ विन्दुमा पुगेको छ । नेप्से अझै सन्तुलन क्षेत्र ‘जोन’ मा आउन बाँकी रहेको यसले संकेत गर्छ । आइतवार फोरमले बैंकरहरुसँग गरेको भेटघाट, बैंकहरुबाट ब्याजदर १२ प्रतिशतभन्दा धेरै नबनाउने सहमतीले पनि बजारलाई आधारभुत पक्षबाट भरथेग गरेको छ । सोमवार ११ वाणिज्य बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । यसमध्ये ४ वटाले यसअघि प्रस्ताव गरेको अधिकत्तम व्याजदरलाई संशोधन गरेर केही घटाएका छन् । यद्यपी औसतमा भने व्याजदर लगभग १०.५० प्रतिशत हाराहारीमा रहेको छ ।

बजार निकै तल आएकोले पनि सकारात्मक यी समाचारहरु आउदा लगानीकर्ताहरु आकर्षित भएका हुन् । बजारमा लगानीकर्ताको मनोविज्ञान सकारात्मक बनेको देखिएको छ । यो मनोविज्ञानलाई टेवा पुग्ने गरि घटना क्रम विकास भएमा बजारले थप गति लिनेछ । यद्यपी बजारको स्पष्ट दिशा देखिन केही दिनको कारोबार अवलोकन गर्नैपर्ने हुन्छ । पुस मसान्तमा सेयर धितोमा कर्जा लिएकाहरुले व्याज तिनुपर्ने, मार्जिन कलको सामना गर्नुपर्ने सम्भावना पनि रहेकोले आगामी दिनमा नेप्सेले लिने गति अनुसार यसको प्रभाव पनि देखिनेछ । बजार वृद्धिको दिशामा रहेमा यसको दबाब बजारमा कम पर्नेछ भने बजार घट्दो क्रममा देखिएमा थप चाप पर्नेछ ।

धेरै बजार पूँजीकरण भएका वाणिज्य बैंकहरुको सेयर मूल्य बोनस लगायतको समायोजन पछि १ हजार मुनि र अन्यको ४ सयदेखि माथि रहेकोले पनि यही समूहमा उच्च वृद्धि भएको हो । होटल समूहको परिसूचक सबैभन्दा धेरै ५ प्रतिशत, लघुवित्त, बीमा र बैंकिङ समूहको परिसूचक क्रमशः ४ प्रतिशत, ३.७५, ३.५८ प्रतिशतको दरमा बढेको छ । सोमवार कारोबार रकमका आधारमा प्रमुख १० कम्पनीमा ६ वटा वाणिज्य बैंक समूहबाट रहेका छन् । कारोबार रकममा धेरै परिवर्तन नदेखिएपनि उच्च रहेको छ । यसदिन ४९ करोड ४३ लाख बराबरको सेयर कारोबार समेत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।