३ भदौ/अर्थ र व्यापार– आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । साउन एकगतेपछि बजार गत बुधवार मात्रै १२०९ अंकमा उक्लिएको थियो तर आइतबार पुनः ११ सयको लाइनमा झरेको छ ।
आइतबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १४.०३ अंकले घटेर सूचक ११९६.२९ अंकमा झरेको छ । क वर्गको कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८५ अंकले घटेर २५२.५३ अंकमा झरेको छ ।
आइतबार १६० कम्पनीको १५ लाख ६४ हजार कित्ता शेयर ३२ करोड ५२ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी ग्रामीण विकास लघुबित्त विकास बैंकको तीन करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
आइतबार कारोबारमा आएका सबै उपसूचक घटेका छन् । बैंक ११.९२ होटल २३.०५ विकास बैंक २०.८२ जलविद्युत ११.३ फाइनान्स ५.४८ निर्जीवन बीमा १०३.२६ उत्पादनमूलक १८.३३ अन्य ५.७१ लघुबित्त २३.४३ र जीवन बीमा समूह ६४.८६ अंकले घटेको छ।
आईतवार खानीखोला हाइड्रोपावर कम्पनीका शेयरधनीले करिब ६ प्रतिशत कमाए भने नागबेली लघुबित्त वित्तीय संस्थाका शेयर धनीले करिब ६ प्रतिशत गुमाए ।
तपाईको प्रतिक्रिया