९पुस / अर्थ र व्यापार - काठमाडौं । नेपाल टेलिकमका लगानी कर्ताले ५५ प्रतिशत लाभांश पाउने भएका छन् । टेलिकमले गत आव २०७३।७४ को नाफाबाट आफ्ना लगानी कर्तालाई ५५ प्रतिशत लाभांश दिन लागेको हो ।
कम्पनीले पुस ३० गतेको साधारण सभाबाट पारित गरेर सेयरधनीलाई लाभांश दिनेछ । नेपाल टेलिकमले गत आवमा १५ अर्ब ४२ करोड नाफा कमाएको थियो ।
तपाईको प्रतिक्रिया