logo

शेयर बजारमा १० अंकको सुधार, ३८ करोडको कारोबार

    1699   पटक पढिएको

१८ मंसिर/ अर्थ र व्यापार - नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १०.२७ अंकले बढेको छ । कारोबारको अधिकांश अवधिमा उतारचढाव देखिएको बजार अन्तिम तीन मिनेटमा भने पाँच अंकले बढेको थियो । बैंक तथा वित्तीय संस्थामा स्थानीय निकायको पैसा आउने जसले गर्दा तरलतामा केहि सुधार आउने अपेक्षाले बजार सुधार हुने मद्दत गरेको लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताए ।  

सोमबार नेपाल धितोपत्र बोर्डले शेयर बजारको विकास र विस्तारको लागि नेप्सेलाई उपत्यका बाहिर ब्रोकर सञ्चालन हुने गरि ब्रोकर लाइसेन्स प्रदान गर्ने निर्देशन दिएकोले बजार बढ्न थप टेवा पुर्याएको उनले बताए । बोर्डले निर्देशन दिएसँगै ब्रोकरले केहि कार्य्विधि बनाएर ब्रोकर लाइसेन्स प्रदान गर्ने प्रकृया अगि बढाउने नेप्सेले जानकारी दिएको छ ।  

बजार सूचक ०.९१ प्रतिशतले सुधार हुँदा कारोबार १६१ कम्पनीको ३८ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ११ करोड ४२ लाख रुपैयाँको करोबार भएको छ ।  

त्यस्तै १६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको ग्लोबल आइएमईको तीन करोड ३७ लाख रुपैयाको कारोबार भएको छ । २६ प्रतिशत नगद लाभांस घोषणा गरेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाको कारोबार १० अंकले बृद्धि हुँदा सर्किट लागेको छ । त्यस्तै महिना सहयात्री माइक्रोफाइनान्सको कारोबार ९.९१ प्रतिशतले घट्दा सर्किट लागेको छ । ट्रेडिङ र होटलको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचक बढेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।