logo

बिहिवार सेयर बजारमा सामान्य गिरावट, साताभरिमा जम्मा एक अर्ब ४ करोडको मात्रै कारोबार

    1804   पटक पढिएको

१४ आषाढ / अर्थ र व्यापार– साताको अन्तिम दिन विहिबार शेयर वजार झिनो अंकले घटेर ११९८.५४ अंकमा ओर्लिएको छ। तर क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१२ अंकले वढेर २५२.०९ अंकले वढेर वन्द भएको छ।

साताभर वजारमा जम्मा एक अर्ब चार करोड रुपैयाँको कारोवार भयो। आइतवारदेखि विहिबार सम्म भएको पाँच कारोवार दिनमा दुई दिन वजार वढ्यो भने तीन दिन वजार घट्यो।    

चालु आर्थिक वर्षको अन्तिम महिनाकौ सुरुवात देखीनै शेयर वजारको दैनिक सूचकमा सामान्य उतार चढाव देखिएको छ भने औसत कारोवार रकम २०/२२ करोडमा झरेको छ। वजारमा लगानीकर्ताले मौद्रिक नीतिमा आउने सम्वोधनलाई पर्खिदा वजारको चाल सुस्त देखिएको हो।

विहिबार १ सय ६४ कम्पनीका ११लाख ४८ हजार कित्ता शेयर २४ करोड २९ लाख रुपैयाँमा कारोवार भयो। सवैभन्दा वढी सोल्टी होटलको दुइ करोड ३५ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ।

कारोवारमा आएका १० समुहमा ६ उपसूचक घटेका छन्। तीन उपसूचक वढेका छन् भने ट्रेडिङमा कुनै परिवर्तन भएन। बैक ०.७१, जलविद्युत १.६५ र फाइनान्स ३.३३ अंकले वढेका छन्।

होटल ७.४८, विकास बैक ३.४३, वीमा १५.६७, उत्पादन मूलक १६.१२, अन्य २.८६ र लघुवित्त ०.४९ अंकले घटेका छन्। बिहिवार रिलायन्स फाइनान्सका शेयरधनीले ४ प्रतिशत कमाएका छन् भने नयाँ नेपाल लघुवित्तको शेयरधनीले करिव ७ प्रतिशत कमाए। 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।