१९ आषाढ÷अर्थ र व्यापार– मंगलबार शेयर बजारमा झिनो सुधार आएको छ । केही उतारचढावका बीच ०.६५ अंकको सुधार भएर रोकिएको छ ।
कारोबार सुरु हुँदा सुस्त देखिएको बजार ४० मिनेटसम्ममा थोरै सुधार देखिएको थियो। थोरै सुधार पनि बजार थामिन नसक्दा १२ बजेर ४८ मिनेटसम्ममा ४.६६ अंकले गिरावट देखियो।
तर १ बजेर ३३ मिनेटमा बाउन्स ब्याक भएर २ बजेर २५ मिनेटसम्ममा ३.२ अंकको सुधार देखिए पनि अन्तिममा भने ०.०७ प्रतिशत सुधार सहित ११८०.३६ अंकमा रोकियो।
थोरै अंकले सुधार देखिएको बजारमा २१ करोड ८१ लाख रुपैयाँको कारोबार भयो। नेप्से सूचक सँगै बैंकिङ, होटल, फाइनान्स, उत्पादन तथा प्रशोधन र अन्य उपसूचकहरुमा सुधार देखिए पनि विकास बैंक, हाइड्रोपावर, बीमा र माइक्रोफाइनान्सको उपसूचक घटेका छन्।
सबैभन्दा धेरै सिद्धार्थ बैंकको प्रमोटर शेयर दुई करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ। एभरेष्ट बैंकसँग मर्जरको प्रकृयाँमा रहेको लक्ष्मी बैंकका शेयरधनीले सबैभन्दा धेरै ४.८४ प्रतिशतले कमाएका छन् भने सबै भन्दा धेरै गुमाएको रैराङ हाइड्रोपावरको कारोबारमै सर्किट लागेको छ ।
तपाईको प्रतिक्रिया