logo

बैंक तथा वित्तीय संस्थाले बढाए बजार, नेप्सेमा ४.६२ अंकको सामान्य सुधार, ११९९.४२ अंकमा उक्लियो सूचक

    1434   पटक पढिएको

आषाढ १३ / अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा सुधार आउँदा समग्र शेयर बजारमा बुधबार सुधार आएको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ४.६२ अंकले बढेर ११९९.४२ अंकमा उक्लिएको छ। क वर्गका कम्पनीको कारोबार मापक सूचक १.११ अंकले वढेर २५१.९७ अंकमा पुगेको छ।
कारोबार भएका नौमध्ये ६ उपसूचकमा सुधार आउँदा समग्र बजारमा सुधार आएको हो। बैंक ५.७५ होटल २०.६७ विकास बैक ११.९४ फाइनान्स ०.२१ अन्य ४.१८ र लघुवित्त ४.४४ अंकले बढेका छन्। जलविद्युत ४.४७ वीमा ४.५८ उत्पादन मूलक १९.८८ अंकले घटेका छन्। 
बधबारको सुरुवाती कारोबारमा बजार झिनो अंकले बढेको थियो। पहिलो आधा घण्टापछि विस्तारै घट्न थालेको बजार एक बजेसम्म तीन अंक घटेर सूचक ११९१ अंकसम्म ओर्लिएको थियो। 
त्यसपछि तिव्र गतिमा वढेको बजार नौ अंकको वृद्धिसंगै १२०५ अंकसम्म उक्लिएको थियो। तर तेस्रो घण्टा बजारमा पुन गिरावट आउँदा साढे दुई बजेसम्म ११९६ अंकसम्म ओर्लिएको थियो। अन्तिम आधा घण्टामा बजार पुनस् बढेर बन्द भएको हो। 
बुधबार १५७ कम्पनीका १७ करोड ३० लाख रुपैयाँ बराबरका शेयर खरिद बिक्री भए। सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीका ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले करिब ६ प्रतिशत कमाएका छन्। भने रैराङ् हाइड्रोपावर कम्पनीका शेयरधनीले सबैभन्दा धेरै करिब १० प्रतिशत गुमाए।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।