१८ आषाढ/अर्थ र व्यापार– सोमबार कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार ४.८२ अंकको गिरावटसँगै ११७९.७१ विन्दुमा रोकिएको छ।
आइतबार १४ अंकले गिरावट हुँदा १९ करोडमा खुम्चिएको बजार सोमबार भने केहि उतार चढावसँगै २० करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार होटल र विकास बैंकको उपसूचकमा केही सुधार देखिएको छ भने अन्य उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमइ बैंकको एक करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । आज १० वटा कम्पनीका शेयरधनीले मात्रै कमाएका छन् भने अन्यले गुमाएका छन्।
उन्नती माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ६ प्रतिशतले कमाउदा रैराङ हाइड्रोपावर डेभलपमेन्ट शेयधनीले ७.३० प्रतिशतले गुमाएका छन् ।
तपाईको प्रतिक्रिया