१६ असार / अर्थ र व्यापार - डिम्याट खाता खोलेका नेपाल डिपि लिमिटेडका सबैले आर्थिक वर्ष २०७६र०७७ सम्मको वार्षिक शुल्क असार ३० गतेभित्र भुक्तानी नगरेमा डिम्याट खाता रोक्का हुने भएको छ ।
सोमबार सूचना जारी गर्दै डिपि लिमिटेडले डिम्याट खाता सञ्चालन गरेबापत लाग्ने वार्षिक शुल्क असार ३० गतेभित्र भुक्तानी गर्न सबैलाई आग्रह गरेको छ । भुक्तानी गर्न इसेवा, कनेक्ट आईपीएस एंव फोन पोबाट पनि सकिने जनाएको छ । तोकिएको समयमा उक्त शुल्क भुक्तानी नगरेसम्मको लागि डिम्याट खाता रोक्का रहने डिपि लिमिटेडले जनाएको छ ।
तपाईको प्रतिक्रिया