२३ कार्तिक / अर्थ र व्यापार - काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २३ औँ वार्षिक साधारणसभा मंसिर ३ गते हुने भएको छ । उक्त सभामा बैंकले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ ।
साथै, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको ३.७९ प्र्र्तिशत नगद लभांश (कर समेत) वितरण गर्ने भएको छ ।
त्यसैगरी, सभामा ४ वर्षे कार्यकालको लागि कुल ६ जना संचालकको निर्वाचन गर्ने कम्पनीले जनाएको छ । सो प्रयोजनको लागि कात्तिक १३ गतेदेखि मंसिर ३ गतेसम्म बैंकको बुक क्लोज रहने छ ।
तपाईको प्रतिक्रिया