logo

विहीबार शेयर बजारमा सामान्य गिरावट 

    1237   पटक पढिएको

 

 १० फागुन /अर्थ र व्यापार- काठमाडौं। शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट देखिएको छ । नेप्से ०.१ अंक अर्थात ०.०१ प्रतिशतले घटेर १३८६.९८ विन्दूमा बन्द भएको छ । नेप्सेमा १५७ कम्पनीको १० लाख ८६ हजार ४१ कित्ता शेयर ४२ करोड ५० लाख रुपैयाँमा किनबेच भएको छ । 
शेयर बजार विहीबार १३८७.१० अंकमा खुलेको थियो। कारोबार अवधिभर १३८२.१३ विन्दूसम्म घटेको बजार सवा दुई बजे बढेर १३९५ अंक नाघेको थियो । तर अन्तिम समयमा बजार फेरि घटेर बन्द भएको हो । 
 विहीबारको कारोबारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सबैभन्दा धेरै ५ करोड ५० लाख रुपैयाँको किनबेच भएको थियो । दिनभरको कारोबारमा बोटलर्स नेपाल तराईको शेयर सबैभन्दा धेरै ३.९८ प्रतिशतले बढेको छ भने नागबेली लघुवित्तको शेयर ३.८३ प्रतिशतले घटेको छ । कारोबार भएका उपसूचकमध्ये वाणिज्य बैंक, होटल, जलविद्युत, बिमा र लघुवित्त समूहको सूचक ओरालो लागेको छ । विकास बैंक, वित्त, उत्पादन र अन्य समूहको सूचक बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।