२८ असार / अर्थ र व्यापार – नेशनल हाइड्रोको सेयर कारोबार बुधबारदेखि खुलेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल धितोपत्र बोर्डको पत्रको आधारमा कम्पनीको सेयर कारोबार खुला गरेको छ ।
यसअघि बोर्डले नेप्सेलाई हाइड्रो सञ्चालक समितिको आधिकारिकताका सम्बन्धमा आवश्यक अनुसन्धान गर्न भन्दै असार ६ गते सेयर कारोबार रोक्का गर्न निर्देशन दिएको थियो ।
नेशनल हाईड्रो संचालक समितिले प्रबन्ध संचालक रामबहादुर तामाङ र संचालक प्रकाश रजौरेलाई सार्वजनिक सूचना मार्फत स्पष्टिकरण सोधेपछि नेशनल हाईड्रोको विबाद फेरि सुरु भएको थियो ।
तपाईको प्रतिक्रिया