कात्तिक १४ / अर्थ र व्यापार - काठमाडौं। नेशनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९५ लाख २९ हजार रुपैयाँ नाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको यहि अवधिमा दुई करोड ११ लाख रुपैयाँ मुनाफा गरेको थियो ।
कम्पनीले पहिलो तीन महिनामा विद्युत बिक्रीबाट पाँच कारोड ३७ लाख रुपैयाँ आर्जन गरेको थियो भने संचालन खर्च ६५ लाख ३५ हजार रुपैयाँ रहेको बित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ४२ करोड ४ लाख रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया