logo

नाडेपको प्राथमिक शेयर १० कित्ताका दरले ४३ हजार दुई सय आवेदकलाई 

    1052   पटक पढिएको

२० आषाढ/अर्थ र व्यापार– नाडेप लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक शेयर वुधवार वाँडफाँट भएको छ।

गोलाप्रथावाट भएको वाँडफाँटमा ४३ हजार दुइ सय आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । प्राथमिक शेयरमा दुई लाख १९ हजार ९१ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये ४ सय ७४ आवेदन रद्द भएको छ ।

नाडेप लघुवित्त वित्तले चार करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गरेको थियो । जसमा ९९ लाख एक हजार १३० कित्ताकालागि आवेदन परेको थियो भने त्यसमा २७ हजार १३० कित्ताको आवेदन रद्ध भएको विक्री प्रवन्धक नविल इन्भेष्टमेन्टले जनाएको छ ।

संस्थाले असार १४ गतेदेखि शेयर निष्कासन बिक्री खुला गरेको थियो। संस्थाले न्यूनतम २० कित्तादेखि २४०० कित्तासम्मको लागि आवेदन लिएको थियो ।

हाल नाडेपको चुक्ता पूँजी ११ करोड २० लाख रुपैयाँ रहेको छ । संस्थाले ३० प्रतिशत साधारण शेयर बिक्री गरेसँगै १६ करोड रुपैयाँ पुग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।