logo

यो साता ४ अर्ब ७३ करोडभन्दा बढीको सेयर कारोबार

    1719   पटक पढिएको

६ साउन / अर्थ र व्यापार – चालु आर्थिक वर्षको पहिलो साता नेपालको पूँजी बजारमा ८७ लाख १० हजार भन्दावढी कित्ता सेयर खरिद बिक्री भएका छन् । यो आवको पहिलो साता भएको सेयर खरिद बिक्रिवाट ४ अर्ब ७३ करोड १३ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । 

दुई दिन दोहोरो अंक र एक दिन सामान्य रुपमा बढेको बजार दुई दिन भने सामान्य घटेको थियो । आव २०७३–०७४ को अन्त्यतिर निन्त घटेको बजार यो साता भने १६३५.७५ अंकमा अडिएको छ । नयाँ आर्थिक बर्षको पहिलो दिन आईतबार सेयर बजार ०.९० को झिनो अंकले उकालो लागेको थियो । 

एक सय ४९ कम्पनीको १२ लाख ९४ हजार २ सय ५९ कित्ता सेयर किनवेच भएको यो दिन ६८ करोड १२ लाख ६२ हजार ५ सय २१ रुपैयाँको कारोवार भएको थियो । सो दिन बजार १५८३.५७ अंकमा पुगेर बन्द भएको थियो । पहिलो दिन बैकिङ समूहको सूचक २.४१ अंकले बढेको थियो भने फाइनान्स समूहको १०.९३ र बीमा समूहको सूचक १.४८ अंकले बढेको थियो । यो दिन होटल समूहको सूचक ५.८२, विकास बैंक समूहको सूचक ०.४४, जलविद्युत समूहको सूचक ८.९१, उत्पादनमुलक समुहको सूचक ०.२१ र अन्य समूहको सूचक ५.५ अंकले घटेको थियो । 

यस्तै साताको द्रोसो दिन सोमबार बजार दोहोरो अंकले छलाङ हान्दै १६०४.१५ अंकमा पुगेको थियो । यो दिन बजार २०.५८ अंकले बढेको हो । सबै सूचक उच्च अंकले बढेपछि बजार उचालिएको थियो । सोमबार एक सय ५४ कम्पनीको २० लाख १२ हजार कित्ता सेयर खरिदविक्रिवाट ६९ कोड ४३ लाख भन्दावढीको कारोवार भएको थियो ।

तेस्रो दिन मंगलबार भने बजारले उच्च अंकको छलाङ हानेको थियो । बैंक, होटल, बीमा लगायतका समूहको सूचक उचालिँदा समग्र बजार उक्लिएको थियो । यो दिन बजार ३४.२६ अंकले बढेको थियो भने बजार १६३८.४१ अंकको विन्दुमा पुगेको थियो । एक सय ५५ कम्पनीको १९ लाख ३५ हजार ५ सय ९० कित्ता सेयर किनवेच भएको यो दिन एक अर्ब २१ करोड १७ लाख ८८ हजार ५ सय ७९ रुपैयाँको कारोवार भएको थियो । 

बैंकिङ समूहको सूचक २७.२५ अंकले उक्लिदा होटल समूहको सूचक ६१.५२ अंकले बढेको थियो । बिकास बैंक समूहको सूचक २५.२ अंकले उक्लिएको यो दिन जलविद्युत समूहको सूचक ३८.९९, वित्त समूहको सूचक ५.९५ अंकले बढेको थियो । बीमा समूहको सूचक ४ सय १६.६३ अंकले बढेको यो दिन उत्पादनमुलक समूहको सूचक २०.७२ र अन्य समूहको सूचक ०.५८ अंकले बढेको थियो । 

साताको अन्त्यतिर बुधबार भने बजार झिनु अंकले घटेको थियो । यो दिन १.१४ अंकले झरेर १६३७.२७ अंकमा आएपनि कारोवार रकम भने खासै घटेन । एक सय ५५ कम्पनीको १६ लाख ९२ हजार १ सय ७० कित्ता सेयर किनवेच भएको बुधबार एक अर्ब १८ करोड ३१ लाख ८६ हजार १ सय ४६ रुपैयाँको कारोवार भएको थियो । बैकिङ समूहको सूचक २.७७, बिकास बैंक समूहको सूचक ४.७१, जलविद्युत समूहको सूचक ३.१९, फाइनान्स समूहको सूचक ७.०९, उत्पादनमुलक समूहको सूचक २.६४ र ‘अन्य’ समूहको सूचक ०.५८ अंकले घटेको थियो । यो दिन होटल समूहको सूचक १०.३४ अंक र बीमा समूहको सूचक ५१.९६ अंकले बढेको थियो । 

बिहीबार पनि बजार सामान्य घटेको थियो । सेयर कारोवारका हिसावले साताको अन्तिम दिन बजार १.५२ अंकले घटेको हो । एक सय ५५ कम्पनीको १७ लाख ७५ हजार ९ सय ८९ कित्ता सेयर खरिदविक्रि भएको यो दिन ९६ करोड ७ लाख ३८ हजार ४ सय ६ रुपैयाँको कारोवार भएको छ । बजारमा बैंक, होटल, बिकास बैंक र जलविद्युत कम्पनीको सूचक घटे भने फाइनान्स, बीमा, उत्पादनमुलक र अन्य समूहको सूचक बढेका थिए । 

बैकिङ समुहको सूचक ५.४४, होटल समूहको १६.४४, बिकास बैंक समूहको ३.८९ र जलविद्युत समूहको सूचक ११.३१ अंकले घटेको थियो । यस्तै, यो दिन फाइनान्स समूहको सूचक १.२८, बीमा समूहको सूचक ७७.४, उत्पादनमुलक समूहको सूचक १३.४७ र अन्य समूहको सूचक ०.५८ अंकले बढेको थियो  । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।