logo

सोमबार शेयर बजारमा ९.९७ अंकको गिरावट

    1354   पटक पढिएको

 २९ जेठ / अर्थ र व्यापार-दिनभरी नै उतारचढाव देखिएको बजार सोमबार पनि दोहोरो अंक नजिकले घटेको छ । निर्वाचनको अनिश्चितताले लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा सेयर बजार झर्न थालेको हो।
 
बजार ९.९७ अंकले घटेको छ । सोमबार कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । दिनभरीमा १३८ कम्पनीका जम्मा ४९ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 
कारोबार खुलेदेखि नै ओरालो लागेको सेयर बजार एक घण्टाभित्र १२ अंकले झरेको थियो। त्यसपछि सम्हालिएको बजार पौने एक बजे झिनो अंक बढेर हरियो भयो। थोरै समय १५९२ अंकमा रहेको बजार एक बजेपछि भने पुन घट्न थाल्यो।  

दिनभरीमा सात लाख ९८ हजार कित्ता शेयरको किनबेच भएको छ । सबैभन्दा बढी आरएसडिसी लघुवित्तको शेयर कारोबार भएको छ । आरएसडिसीको पाँच करोड ४४ लाख रुपैयाँको शेयर खरिद बिक्रि भएको हो। कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा छ । कम्पनीको तीन करोड ५७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको छ ।
 
सोमाबर कारोबारमा आएका सबै उप सूचकमा गिरावट आएको छ । बैकिङ ७.४९, होटल २८.९९, विकास बैंक १२.९८, जलबिद्युत २३.३८, फाईनान्स २.४, बीमा ८१.०६, उत्पादनमूलक ७.३ र अन्य  १.७३ अंकले घटेको छ । 
 
आज सबैभन्दा बढी वल्ड मर्चेन्ट बैकिङ एण्ड फाईनान्स कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाएका छन् भने एभरेस्ट बैंकका संस्थापक शेयरधनीले करिब १० प्रतिशत नै गुमाएका छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।