logo

सोमबार सेयर बजारमा ८.९३ अंकको गिरावट

    1652   पटक पढिएको

२६ असार / अर्थ र व्यापार – मौद्रिक नीतिले लगानीकर्ता अन्यौलमा परेपछि सेयर बजार घटेको छ । साताको दोस्रो दिन पुँजी बजार ८.९३ अंकले झरेको छ । एक सय कम्पनीको सेयर कारोवार भएको आज बजार एक हजार ५ सय ७५.२२ अंकमा झरेर रोकिएको छ । 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा गरेको व्यवस्थाले ऋण पाइने अवस्था कायमै छ वा घट्यो भन्ने अन्यौलले नै बजार झरेको हो । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पूँजीको ४० प्रतिशत बराबर मात्र सेयर धितो कर्जा दिन पाइने व्यवस्था गरेको छ । यसअघि प्राथमिक पूँजीको सत् प्रतिशत ऋण लगानी गर्न पाइन्थ्यो ।

बजारमा १५० कम्पनीको ६९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सेयर धितो कर्जाको अन्यौलले वित्तीय क्षेत्रका सबै उपसुचकहरु झरेका छन् । खासगरी बैंक, विकास बैंक र फाइनान्स कम्पनीको सुचक झर्दा समग्र बजार ओरालो लागेको हो । उत्पादनमूलक क्षेत्रको सुचक भने करिव ५६ अंकले बढेको छ ।

आज २८ लाख ६५ हजा ९२ कित्ता किनवेच भएको वजारमा ६९ करोड ३५ लाख ९७ हजार ५ सय ४१ रुपैयाँको कारोवार भएको छ । बैकिङ समूहको सूचक ८.७५ अंकले घटेको आज होटल समूहको सूचक १५.०८, विकास बैंक समूहको सूचक ११.५४, जलविद्युत समूहको सूचक १६.५३ अंकले ओरालो लागेको छ । 

फाइनान्स समूहको सूचक ३.०७ अंकले घटेको आज बीमा समूहको सूचक ५९.६३ र अन्य समूहको सूचक ४.०४ अंकले घटेको छ । आज उत्पादनमुलक समूहको सूचक मात्रै ५५.७५ अंकले बढेको छ । अन्य समूहको सूचक भने सवै रातो भएका छन् । 

बजारमा सबैभन्दा बढि सोल्टी होटलको सेयर किनबेच भएको छ । कम्पनीको सात करोड ३३ लाखको किनेबेच भएको हो। यसपछि नेपाल लाइफ इन्स्योरेन्सको तीन करो८ ८६ लाख, सेञ्चुरी कमर्सियल बैंकको तीन करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बजार घटे पनि वर्ल्ड मर्चेन्ट, कुबेर मर्चेन्टका लगानीकर्ताले कमाएका छन् । बढि गुमाउनेमा प्रोग्रेसिभ फाइनान्स, सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ता छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।