logo

सोमबार सेयरबजारमा २५.४७ अंकको गिरावट

    1661   पटक पढिएको

१९ भदौ / अर्थ र व्यापार – सोमबारको सेयर कारोबारमा सामान्य उतारचढाव आएपनि सेयरबजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । कारोबारमा आएका सबै समूह नकारात्मक रहेपछि बजार उच्च अंकले घटेको हो । तर घटेको बजारमा सस्तो मूल्यमा सेयर खरिद गर्नेक्रम बढ्दा कारोबारमा कमी आएन ।

यो साता जम्मा दुई दिन मात्र सेयर कारोबार हुने भएपछि सेयरबजारमा बिक्रीको चाप परेको देखिन्छ । नजिकदै गरेको चाडपर्वको लागि पैसाको जोहो गर्नेहरुले सेयर बिक्रीको क्रम बढाएको देखिन्छ । बजार घटेको मौका छोपी सेयर उठाउनेहरु पनि उत्तिकै सक्रिय रहदा कारोबारमा उत्साह कायमै छ ।

सोमबार सेयर किन्ने र बिक्री गर्नेहरुबीच घम्साघम्सी हुँदा बजार खुलेको पहिलो एकघण्टामै नेप्से २५ अंकले झरेको थियो । त्यसपछि विस्तारै सुध्रिएको बजारले २० अंक रिकभर गरेपनि बजार बन्द हुने समयसम्म आईपुग्दा पुन ओरालो लागेर २५.४७ अंकले घटेर बन्द भएको छ ।

यो साता सार्वजनिक विदाका काराण दुई दिन मात्र सेयरबजार खुल्छ । आइतबार बकर ईदको सार्वजनिक विदाले सेयर कारोबार भएन । मंगलबार इन्द्रजात्रा भएकाले उपत्यकामा विदा रहेको छ । त्यस्तै विहीबार पनि निजामती कर्मचारीहरुलाई विदा रहेकाले सेयर कारोबार हुदैन । यो साता अब बुधबार मात्र सेयर बजार खुल्नेछ ।

बजारमा धेरै कारोबार हुने वाणिज्य बैंकहरुले कुन बैंकले कति बोनस दिन्छ र कुन बैंकको कति क्षमता छ भन्ने बिषयमा लगानीकर्ताहरुलाई पूर्व जानकारी भएकाले पनि बोनस घोषणा हुदा समेत बजार बढ्न नसकेको हो । अधिकांस वाणिज्य बैंकहरुले आफ्नो पूँजी वृद्धि योजनामै सम्भावित लाभांश बारे उल्लेख गरेका थिए ।

अर्कातर्फ राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने क्रममा सूचिकृत कम्पनीहरुले विगतमा दिएका हकप्रद, बोनस, एफपीओ धमाधम सुचिकृत भएकाले सेयरको आपूर्ति बढ्न गएको छ भने आपूर्ति अनुसारको माग नहुँदा सेयरमूल्य घट्न पु्गेको हो । 

तर केही लगानीकर्ताहरुले बजार घटेको मौकालाई सेयर खरिदको अवसरको रुपमा उपयोग गरेको देखिन्छ । जसका कारण कारोबारमा बढोत्तरी देखिएको छ ।

सोमबार सेयरबजार परिसुचक नेप्से २५ दशमलब ४७ अंकले घटेर १५५४.५६ बिन्दुमा झरेको छ । यसदिन १५२ कम्पनीको ८४ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । कारोबार रकम गत विहीबारको तु्लनामा ६२ लाख मात्रै कम हो ।

सेयरबजारमा फस्र्ट माइक्रोफाइनान्सको सबैभन्दा धेरै ३ करोड २७ लाखको सेयर किनबचे भयो । नेपाल लाइफ, स्टुयाण्र्डड चार्टर्ड बैंक र युनाईटेड इन्स्योरेन्सको पनि करिब तीन करोड बराबरको कारोबार भएको छ ।

यसदिन आरएसडिसी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै नौ प्रतिशत बढीले उकालो लागेको छ । नादी पावरको सेयरमूल्य ६ प्रतिशतले बढेको छ ।हाम्रो विकास बैंक, प्रोगेशिभ फाइनान्स, युनाइटेड इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट तथा खानीखोला हाइड्रो लगायतको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतका दरले घटेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।