logo

सोमबार शेयर बजारमा २०.८२ अंकको गिरावट

    1463   पटक पढिएको

५ असार / अर्थ र व्यापार - सोमबार पनि शेयर बजारको गिरावटले निरन्तरता पाएको छ । कारोबार खुलेदेखिनै घट्न सुरु गरेको बजारले एक पटक पनि पछाडी फर्केर हेरेन । सबै उपसुचकमा गिरावट आउँदा बजार २०.८२ अंकले घटेर १५५५.१६ झरेको छ । यस्तै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.२९ अंकले घटेर ३३०.३७ अंकमा झरेको छ । 

 पछिल्लो समय बैंकको ब्याजदर अझै बढ्ने हल्लाले बजारलाई थप घटाएको छ । कम्पनीहरुले दिने प्रतिफल टुंगो लाग्नु र शेयर आपूर्ति बढ्नु घट्ने अर्को कारण रहेको छ । साथै राजनैतिक अस्थिरताले बजारलाई घट्न सहयोग गरिरहेको छ ।

 सोमबार १३७ कम्पनीका आठ लाख कित्ता शेयर ६४ करोड रुपैयाँमा खरिद बिक्री भयो। ६०० प्रतिशत घोषणा गरेको एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा बढी शेयर खरिद बिक्री भएको छ । एभरेष्टको १५ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको हो। कारोबार रकमकै आधारमा एभरेष्ट बैंक दोस्रो स्थानमा रह्यो। बैंकको करिब ६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

 आज कारोबारमा आएका सबै उपसुचक राता देखिएका छन्। बैंक २०.३८, होटल १६.६२, विकास बैंक २१.३१, जलबिद्युत १८.५१, फाइनान्स १०, इन्स्योरेन्स १४२.८९, उत्पादनमुलक २३.२५ र अन्य २.३१ अंकले घटेका छन्।
 सोमबार २० अंकको गिरावटमा पनि तारा गाउँ रिजेन्सी होटलले सबै भन्दा बढी करिब चार प्रतिशत कमाएको छ ।                           

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।