logo

मेगा र टुरिजम् बैंक  गाभिए , साढे दश अर्बको बैंक बन्ने

    1180   पटक पढिएको


 

कात्तिक १२ / अर्थ र व्यापार - टुरिजम डेभेलोपमेण्ट बैंकले मेगा बैंक सँगको मर्जर प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । साथै बैंकले गतबर्षको कमाईबाट १७ करोड बराबरको बोनस वितरण गर्ने प्रस्ताव समेत गरेको छ । यी दुई बैंक मर्जरपछि बन्ने बैंकको चुक्तापूँजी झण्डै साढे दश अर्ब पूग्नेछ ।

 टुरिजम् को सातौ बार्षिक साधारण सभा मंसीर ४ गते कार्की बैकट बबरमहलमा हुने भएको छ । टुरिजम्ले साबिकको मातृभूमि बिकास बैक र कन्चन डेभलोपमेण्ट बैकको गरी १७ करोड १० लाख ७७ हजार ५ सय रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
टुरिजम्को चुक्ता पुँजीको २ अर्ब २३ लाख छ । बोनसपछि बैंकको पूँजी २ अर्ब १७ करोड ३३ लाख नाघ्नेछ ।

यसैगरी साधारण सभामा मेगा बैकसँगको मर्जर प्रस्ताव समेत पारित गरिने भएको छ । मर्जरका लागि दुबै बैंकको चलअचल सम्पत्ति दायित्व तथा कारोबार मूल्याँकन प्रतिवेदन टुरिजम्का १ सयज्ञ रुपैयाँको शेयर बराबर मेगामा म्५ रुपैयाँ हुने गरी स्वाप रेसियो कायम गर्न सभामा प्रस्ताव पेश गर्नेछ । मेगा बैंकको ६५ प्रतिशत हकप्रद निष्काशन पुरा भएपछि यी दुई बैंकको मर्जर प्रकृया अगाडी बढ्न लागेको हो । मेगाले ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गरी चुक्तापुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरणपछि मर्जरबिनै मेगा बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्नेछ । टुरिजम् र मेगा बैंक गाभिएपछि बन्ने मेगा बैंकको चुक्तापूँजी झण्डै साँढे दश अर्ब पुग्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।