कात्तिक १३ / अर्थ र व्यापार - काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको असोजसम्ममा दुई करोड २५ लाख रुपैयाँ नाफा गरेको छ । संस्थाले अघिल्लो वर्षमो यहि अबधिमा दुई करोड ४८ लाख रुपैयाँ नाफा गरेको थियो । संस्थाले असोजसम्ममा पाँच करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
संस्थाले असोजसम्ममा ७२ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरि दुई अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेको छ । अघिल्लो वर्षको यहि अबधिमा संस्थाले ४५ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब ५९ करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।
संस्थाको चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँ रहेको भने जगेडा कोषमा १३ करोड ४१ लाख रुपैयाँ रहेको छ । संस्थाको पूँजी कोष अनुपात २.९७ प्रतिशले बढेर १५.४८ प्रतिशत पुगेको छ । संस्थाको खराब कर्जा बढेको छ । जसमा अघिल्लो वर्षको यहि अबधिमा ०.३० प्रतिशतबाट बढेर असोजसम्ममा ०.९३ प्रतिशत पुगेको हो । संस्थाको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया