logo

कैलाश विकास बैंकले बोलायो साधारण सभा

    974   पटक पढिएको

 

२६ कात्तिक / अर्थ र व्यापार - कैलाश विकास बैंकले गत आर्थिक बर्षमा वितरण प्रस्ताव गरेको नगद लाभांशमा परिमार्जन गरेर साधारणसभा डाकेको छ । बैंकले यसअघि १० प्रतिशत बोनस र ९.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा राष्ट्र बैंकले नगद लाभांश केही घटाएर ९.४५ प्रतिशत मात्र वितरण गर्न स्वीकृती दिएपछि बैंकले परिमार्जन गरेको हो । बोनस भने परिमार्जन गरिएको छैन ।

बैंकले युनाइटेड वर्ल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा मंसिर १५ गते विहान १० बजे डाकेको साधारण सभा डाकेको छ । २४ औं बार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १ गतेदेखि साधारण हुने दिन मंसिर १५ गतेसम्म सेयर दाखिला खारेजीको मिति तोकेको छ । यसअनुसार बैंकको लाभांश कात्तिक ३० गतेसम्म कायम सेयरधनीले मात्र प्राप्त गर्नेछन् ।
गत आर्थिक बर्षमा बैंकले ५० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । हाल दुई अर्ब २९ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनसपछि दुई अर्ब ५१ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बैंकले चालु आवको तीन महिनामा ९ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।