logo

लगानीकर्ताले डिम्याट खातामा रहेको सेयर घरैबाट अनलाइन हेर्न मिल्ने 

    5484   पटक पढिएको

५ असार / अर्थ र व्यापार - डिम्याट प्रणाली लागु भएसँगै लगानीकर्ताले सेयर प्रमाणपत्र संकलन र संरक्षणको जन्झटबाट मुक्ति पाएका छन् । लगानीकर्तालाई आफ्नो डिम्याट खातामा कति शेयर छ र त्यसको भ्यालु कति पुग्यो भन्ने जानकारी दिन केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी)ले वेबसाइटमा नयाँ सुविधा थप गरेको छ । भविष्यमा घरै बसी बसी यो वेबसाइटमा प्राथमिक शेयरमा समेत आवेदन दिन मिल्ने बनाउने छ ।

 सिडिएससीको वेबसाइट मेरोशेयर डट सिडिएससी डट कम डट एनपीमा लगानीकर्ताले आफ्नो शेयरको विवरण हेर्न मिल्ने गरि सुविधा थप गरेको छ । वेव पेजमा पोर्ट फोलिया ट्र्याकर सुविधा थप गरि लगानीकर्तालाई घरैबाट आफ्नो शेयर बजार मूल्य जाँच्ने अवसर दिएको छ । वेबसाइट मार्फत आफ्नो खातामा रहेको साथै आफुले खरिद र बिक्री गरेको शेयरको राफसाफ पनि हेर्न सकिनेछ । 

 यो सुविधा लिन लगानीकर्ताले आफुले डीम्याट खाता खोलेको निक्षेप सदस्यकोमा  गएर एउटा फर्म भर्नु पर्ने हुन्छ । फर्मको ५० रुपैयाँसम्म शुल्क लिन सक्ने व्यवस्था सिडिएससीले गरेको छ । त्यो फर्म भरेपछि निक्षेप सदस्यले ‘युजर नेम र पासवर्ड’ उपलब्ध गराउँछन् । सिडिएससीको वेबसाइटमा उक्त युजर नेम र पासवर्ड लगइन गरेपछि आफ्नो खातामा रहेको सबै विवरण हेर्न सकिने छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।