४ असार / अर्थ र व्यापार - नेपाल इन्भेष्टमेन्ट बैंकले असार ६ गतेदेखि गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई प्रदान गरेको सेयर प्रमाणपत्र वितरण गर्ने भएको छ । इन्भेष्टमेन्ट बैंकले सेयर अभौतिकिकरण गरिसकेका लगानीकर्ताहरुलाई उनीहरुकै हितग्राही खातामा नै बोनस जम्मा गरेको छ । आफ्नो सेयर अभौतिकिकरण नगराएका सेयरधनीलाई भने बैंकले असार ६ देखि २० गतेसम्म चरणबद्ध रुपमा एनआईबिएल क्यापिटल लाजिम्पाटबाट वितरण गर्ने भएको हो ।
तपाईको प्रतिक्रिया