logo

सेयर बजार ओरालो लागेपछि होइड्रोपावर कम्पनी प्रभावित

    1028   पटक पढिएको

२० मंसिर/ अर्थ र व्यापार -  लगानीकर्ताहरुका लागि कुनै समय होइड्रोपावर कम्पनीको सेयर निकै आकर्षक मानिन्थ्यो । देश उज्यालो पार्ने होइड्रोपावरले लगानीकर्ताको अनुहार पनि उज्यालो पारेको थियो । जसकारण होइड्रोपावरको सेयरमा लगानीकर्ताहरु झुम्मिन्थे । कुनै समय प्रतिकित्ता ३२ सय रुपैयाँ किनबेच भएको चिलिमे जलविद्युत कम्पनीको सेयर अहिले ६२५ रुपैयाँमा झरेको छ । त्यस्तै, कुनै समय सेयर बजारलाई लिड गर्ने कम्पनीका रुपमा रहेको बुटवल पावर कम्पनीको सेयर अहिले ४३९ रुपैयाँमा झरेको छ । यस्तै कुनै समय ३र४ सय रुपैयाँ दिव्येश्वरी हाइड्रो पावरको सेयर अहिले ९६ रुपैयाँमै किन्न पाइन्छ । यो फेस भ्याल्यूभन्दा ४ रुपैयाँ कम हो । अर्थात् घन्टौं लाइन लागेर आइपिओ भरेका लगानीकर्ताहरुले पनि यो कम्पनीको सेयर १०० रुपैयाँमा किनेका थिए ।

नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएका पूरानो कम्पनी नेशनल हाइड्रोपावर कुनै समय लगानीकर्ताका लागि निकै आकर्षक कम्पनीका रुपमा परिचित थियो । दोस्रो बजारमा यो कम्पनीको सेयर किन्न लगानीकर्ता लालायित हुन्थे । अहिले दोस्रो बजारमा यो कम्पनीको सेयर ७३ रुपैयाँमै किन्न पाइन्छ । जबकी आइपिओ भर्नेहरुले नै वर्षौअघि १०० रुपैयाँ लगानी गरेका थिए ।
एक वर्ष पहिले ६ सय रुपैयाँमा पाइने अपि पावर कम्पनीको सेयर मूल्य अहिले १ सय ४१ रुपैयाँमा झरेको छ । त्यस्तै, एकरडेढ वर्षअघिसम्म दोस्रो बजारमा ४र५ सय रुपैयाँमा किनबेच हुँदै आएको अरुण काबेलीको १८९, अरुण भ्याली ११३, बरुण हाइड्रो पावर १०८ रुपैयाँमा कारोवार भएको छ । त्यस्तै, हिमालय पावरको १७५, जलविद्युत् लगानी तथा विकास कम्पनी १५०, कापलका पावर १०५, नेशनल हाइड्रो पार ७३ मा कारोवार भएको छ । ङादी ग्रपको सेयर १३२ मा कारोवार हुँदा रौराङ हाइड्रो पावरको १०९, राधी विद्युत् कम्पनी १७४, रिडी हाइड्रो पावर १००, सानिमा माई हाइड्रो पावर २३०, सिनर्जी पावर १०० का कारोवार भएका छन् ।

यस्तै छ्याङदी १०९ र ५०१ रुपैयाँमा एफपिओ बिक्री गरेको बुटवल पावर कम्पनीको सेयर समेत ओरालो लागेर ४३९ मा कारोवार भएको छ । युनाइटेड मोदीको १३३ मा कारोवार भएको छ । स्टकमा हाल २१ जलविद्युत् कम्पनीका सेयर सूचीकृत छन् ।
१०० रुपैयाँमा किनेको हाइड्रोपावर केही कम्पनीहरुको सेयर ३० हजार ३२ सय रुपैयाँसम्म पुगेको थियो भने ८र ९ सय रुपैयाँ त अधिकांशको पुगेको थियो । गुणात्मक किसिमले मूल्य बढेपछि लगानीकर्ता आकर्षित हुनु स्वभाविक पनि थियो । तर, केही समययता हाइड्रोपावर कम्पनीको सेयर निरन्तर ओरालो लागेको छ । नेप्से इन्डेक्स ओरालो लाग्दा त्यसको सबैभन्दा ठूलो असर हाइड्रोपावरमा देखिएको छ ।

अधिकाशं हाइड्रोपावर कम्पनीका सेयर मूल्य फेस भ्याल्यू वरपर नै आएका छन् भने केही कम्पनीका सेयर फेस भ्याल्यू अर्थात् १०० रुपैयाँ भन्दा तल पुगेका छन् । यसले होइड्रोपावर कम्पनीको सेयर खरिद गर्न चाहने लगानीकर्तालाई समेत हच्काएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार कारोवार भएका अधिकाशं कम्पनीका सेयर ओरालो लागेको छन् । समग्रमा जलविद्युत् कम्पनीको सेयर २१.२४ बिन्दुले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।