logo

गुरु न्यौपानेको जफत भएको जनता बैंकको ८५ हजार कित्ता शेयर लिलामीमा

    1305   पटक पढिएको

८ कात्तिक/ अर्थ र व्यापार- जनता बैंकले तात्कालिन सञ्चालक गुरु न्यौपाने बाट जफत गरेको ८५ हजार एक कित्ता बढाबढमा शेयर लिलाम बिक्रीको लागि बोलपत्र आह्वान गरेको छ । न्यौपानेले बैंक सञ्चालक छँदा श्रीमतीको नाममा दोस्रो बजार बाट शेयर खरिद गरेको पाएपछि जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

केन्द्रिय बैंकको निर्देशन बमोजिम बैंकले न्यौपानेले श्रीमती सुमित्राका नाममा किनेको ५२ हजार ४७० कित्ता एवं त्यसमा हकप्रद र बोनस थप गरि पु¥याईएको कुल ८५ हजार एक कित्ता शेयर जफत गरेको हो । 

उक्त शेयर खरिद गर्न चाहनेले कात्तिक १५ देखि २१ गते सम्म शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने बैंकले जनाएको छ । बैंकले उक्त शेयरको न्यूनतम मुल्य १०० रुपैयाँ तोकेको छ । बोलपत्र आह्वान गर्दा आवेदकले न्युनतम १०० कित्ता देखि अधिकतम सम्पुर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । प्राप्त शिलबन्दी बोलपत्र कात्तिक २२ गते विहान ११ बजे काठमाडौं क्यापिटल मार्केटको कार्यालय काठमाडौं प्लाजामा खोलिने जनाइएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।