logo

गुरु न्यौपानेबाट जफत गरेका जनता बैंकको सेयर लिलामी प्रक्रिया रोकियो

    1230   पटक पढिएको

 

२२ कात्तिक / अर्थ र व्यापार - गुरुप्रसाद न्र्यौपानेको श्रीमति सुमित्रादेवी न्यौपानेबाट जफत गरेको जनता बैंकको सेयरको लिलामी प्रकृया रोकिएको छ । उच्च अदालत पाटनले गुरुन्यौपानेले राष्ट्र बैंक र जनता बैंक बिरुद्ध हालेको मुद्धामा अन्तरकालीन आदेश जारी गरेपछि लिलामी प्रकृया स्थगित भएको हो । जनता बैंकले न्यौपानेबाट जफत गरेको ८५ हजार एक कित्ता साधारण सेयरको लिलाममा राखेको थियो ।

उक्त सेयरमा आवेदन दिने अन्तिम दिन मंगलबार नै जफत गरिएको सेयर लिलामी नगर्न उच्च अदालत पाटनले जनता बैंकका नाममा आदेश गरेको थियो । उच्च अदालत पाटनले शेयर बोलकबोल आव्हान सूचना बमोजिम कुनै पनि काम कारबाही नगर्नु नगराउनु भनी आदेश जारी गरेको हो । जफत भएको सेयर जनता बैंकले कार्तिक १५ देखि २१ गतेसम्म लिलाममा राखेको थियो ।

यससँगै हाललाई सो लिलामी प्रकृया रोकिएको छ । उच्च अदालतले प्रक्रिया मात्र रोक्नु भनेकाले बैंकको सेयर लिलामीमा बोलपत्र पेश गरेका ३०० जना आवेदकको पैसा के हुन्छ भन्ने प्रश्न समेत उब्जिएको छ । अदालतको प्रकृया छिटो नटुङ्गिने भएकाले अदालतको आदेशपछि जनता बैंकले सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि सेयर लिलाम स्थगित गरेको जनाएको छ ।
जनता बैंक माछापुच्छ्रे बैंकसँग मर्जमा जाने भएपछि न्यापानै बैंकको सञ्चालक रहेकै बेला सो जानकारी सार्वजनिक हुनुभन्दा अगाडि संस्थागत सुशासन उल्लंघन गरेर श्रीमति सावित्रादेवी न्यौपाने नाममा सो परिमाणको सेयर ईन्साईडर ट्रेड्रिङ्ग गरी किनेका थिए । सो बारेमा राष्ट्र बैंकले निर्देशन दिएर छानविन गर्न लगाएपछि संचालक नारायणप्रसाद पौडेलको संयोजकत्वमा गठीत समितिको प्रतिवेदनबाट जफत गर्नुपर्ने देखिएपछि सेयर जफत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।