logo

एंक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर भर्ने मंगलबार अन्तिम दिन,

    1229   पटक पढिएको

 

२१ कात्तिक / अर्थ र व्यापार - एक्सेल डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद सेयर भर्ने मंगलबार अन्तिम दिन रहेको छ । बैंकले असोज १८ गतेदेखि एक सय रुपैयाँ अंकित दरको १९ लाख २२ हजार ८१२ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

बैंकको सेयर बिक्री प्रबन्धक एस क्यापिटल रहेको छ । हकप्रदमा बैंकको सेयर विक्री प्रबन्धक एस क्यापिटल लालदरबार, बैंकको सम्पुर्ण कार्यालयहरु साथै इन्भेष्टमेन्ट बैंकको उपत्यका भित्र चाबहिल, न्यूरोड, र कीर्तिपुर, ललितपुरको जावलाखेल र कौशलटार भक्तपुरबाट आवेदन गर्न सक्नेछन् । त्यस्तै इन्भेष्टमेन्टको उपत्यका बाहिरका वीरगञ्ज, चितवन, नारायणगढ, पर्सा बजार, उर्लाबारी, प्युठान तथा संखुवासभा शाखाबाट पानि आवेदन दिन पाइनेछ बैंकले भदौ २१ गते बुक क्लोज गरेकाले भदौ २० गतेसम्म कायम रहेकासेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।


३८ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको एक्सेलको हकप्रद निष्काशनपछि चुक्ता पूँजी ५७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा १५ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले सेयरधनीलाई ३०.१२ प्रतिशत बोनस वितरणको प्रस्ताव गरेको छ । हकप्रद तथा बोनसपछि बैंकको पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।