logo

नेप्से र ब्रोकरको यो वर्ष शेयरमा कमाइ घट्यो

    2175   पटक पढिएको

३० असार / अर्थ र व्यापार – आर्थिक वर्ष २०७३/७४ मा शेयर कारोबारबाट लगानीकर्ता, सरकार र नेपाल धितोपत्र बोर्डले गत बर्षको तुलनामा फाईदा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज(नेप्से) र ब्रोकरको कमाई अनुपात भने घटेको छ । 

यो बर्ष सबैभन्दा धेरै लगानीकर्ताले कमाए । लगानीकर्ताले नाफा गरेको तिरेको पूँजीगत लाभकरको आधारमा २८ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ कमाएका हुन् । बजारबाट लगानीकर्ताले अघिल्लो वर्ष २५ अर्ब रुपैयाँ कमाएका थिए । 

यो बर्ष शेयर बजारबाट सरकारले एक अर्ब ४३ करोड रुपैयाँ पूँजीगत लाभकर उठाएको छ । गत बर्ष एक अर्ब २६ करोड रुपैयाँ लाभकर संकलन भएको थियो । यस्तै नेपाल धितोपत्र बोर्ड कारोबार कमिसन बापत छ करोड १७ लाख रुपैयाँ प्राप्त गरेको छ । गत वर्ष बोर्डको आम्दानी चार करोड ३७ लाख रुपैयाँ थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कमाइ भने यो बर्ष घटेको छ । गत साउन देखि कारोबार कमिसन घटेपछि नेप्सेको कमाइ पनि घटेको हो । नेप्सेले चालुआर्थिक वर्षमा ४५ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ । गत बर्ष यहि अबधिमा नेप्सेले ६० करोड रुपैयाँ आर्जन गरेको थियो ।

कारोबार कमिसनदर घटेका कारण नेप्सेसँगै ब्रोकरको आम्दानीको ग्राफ पनि ओरालो लागेको छ । गत वर्ष ब्रोकरहरुले एक अर्ब ८२ करोड रुपैयाँ कमिसन पाएका थिए । उनीहरुले चालु आर्थिक बर्षमा एक अर्ब ५१ करोड  आर्जन गरेका हुन् ।

गएको आर्थिक बर्षको अन्तयमा बजार पूँजिकरण १८ खर्ब ९० अर्ब पुगेकोमा यस वर्ष १८ खर्ब ५६ अर्ब रुपैयाँमा खुम्चिएको छ । अघिल्लो बर्ष बढ्दो गतिमा रहेको बजार यो बर्ष घटेको कारण बजार पूँजीकरण तल आएको हो । गत आर्थिक बर्षको अन्तिक दिन १७१८.१५ अंकमा रहेको नेप्से सूचक अहिले १५८२.६७ अंकमा छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।