logo

शेयर वजार साढे २ बर्षयताकै न्यून विन्दुमा, आईतवार  १.३७ प्रतिशतले बजार घट्दा नेप्से सूचक ११६३ अंकमा 

    1574   पटक पढिएको


२७ साउन/अर्थ र व्यापार– आईतवार कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार साढे दुई बर्षयताकै न्यून बिन्दु १६६३ मा झरेको छ । 

आइतबार एकै दिन १.३७ प्रतिशतले बजार घट्दा नेप्से सूचक ११६३ अंकमा झरेको हो ।

आइतबार २०७२ पौष २३ गतेको सूचकभन्दा तल झरेको हो । पौष २३ गते नेप्से सूचक ११६४.१४ अंक थियो । यस्तै गत चैतमा पनि नेप्से सूचक ११६८.६२ विन्दुमा झरेको थियो ।

सूचकमा धेरै घट्दा कारोबार रकम भने गत साताको भन्दा केहि सुधार देखिएको छ । २५ करोड २ लाख रुपैयाँको कारोबार भएको छ । व्यापार र होटलको उपसूचक बाहेक अन्य सबै सूचक तथा उपसूचक घटेका छन् ।

सबैभन्दा धेरै जीवन बीमाको उपसूचक ३.३५ प्रतिशतले घटेको छ भने व्यापारको उपसूचक १.०५ प्रतिशतले बढेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबै भन्दा धेरै तीन करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । 

आरम्भ माइक्रोफाइनान्सका शेयरधनीले ३.८७ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा मल्टि पर्पोजफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स र नेरुडे लघुवित्तको कारोबारमा सर्किट लागेको हो ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।