२६ जेठ / अर्थ र व्यापार-नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कृषि विकास बैंक सहित तीन कम्पनीले एक करोड ७३ लाख ८७ हजार ५८९.६३ कित्ता सेयर सूचिकृत गरेका छन् । यसरी सूचिकृत गराउने कम्पनीहरुमा कृषि विकास बैंक, डिप्रोक्स लघुवित्त, सगरमाथा फाईनान्स रहेका छन् । कृषि विकास बैंक र डिप्रोक्स लघुवित्तको बोनस तथा सगरमाथा फाईनान्सको बोनस तथा हकप्रद दुबै सूचिकृत भएको हो ।
कृषि विकास बैंकले एक करोड १८ लाख १२ हजार ८०० कित्ता बोनस सेयर सूचिकृत गराएको हो । त्यस्तै शुक्रबार नै डिप्रोक्स विकास बैंकले नौं लाख दुई हजार ७३३ दशमलव ४५ कित्ता बोनस सेयर सूचिकृत गराएको छ । सगरमाथा फाईनान्सले १२ लाख १६ हजार ४६९ कित्ता बोनस तथा २९ लाख ५४ हजार ३८९ कित्ता हकप्रद गरी कुल ४१ लाख ७० हजार ८५८ कित्ता सेयर सूचिकृत गराएको छ ।
शुक्रबार नै लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनीले संस्थापक साधारण सेयर अनुपात ५१स्४९ कायम गर्न पाँच लाख एक हजार १९८.१८ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिवर्तन गरेकोे छ ।
तपाईको प्रतिक्रिया